शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगामा चिकित्सकको गाडी खानतलासी गर्दै डाक्टरको मानमर्दन, कारबाहीको माग

नागढुंगामा चिकित्सकको गाडी खानतलासी गर्दै डाक्टरको मानमर्दन, कारबाहीको माग

नागरिक पाटी

४, जेठ २०७७
  • 7.3K
    SHARES
  • काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो शुक्रबारदेखि निकै भाइरल भइरहेको छ । भिडियोमा केही युवाले सडकमा गुडिरहेको एक गाडीलाई रोकेर सोधपुछ गरिरहेका छन् । गाडीमा एक पुरुष र एक महिला स्वाथ्यकर्मी यात्रा गरिरहेको बेलामा युवाहरुले कडा शब्दमा तपाईको झोला देखाउनुहोस् । मास्क किन नलगाएको भन्दै ? केरकार गरेको भन्दै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने अधिकार ती युवाहरुलाई कसले दिएको र तीनलाई कारबाही गर्नुपर्छ भन्ने आवाज अहिले सामाजिक सन्जालमा उठ्न थालेका छन् । के थियोे घटना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्की शुक्रबार हेटौंडाबाट काठमाडौं फर्कँदै हुनुहुन्थ्यो। कोरोना परीक्षणका लागि हेटौंडामा भर्खरै सञ्चालनमा ल्याइएको ल्याबको व्यवस्थापन सकेर कार्की काठमाडौं फर्कनुभएको थियो। वरिष्ठ मेडिकल प्रयोगशाला विशेषज्ञ रहनुभएका कार्की ल्याबको व्यवस्थापनमा निरन्तर खटिरहनु भएको छ। कतिपयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने सञ्चारकर्मी रहेको अनुमान गरी सामाजिक सञ्चालमा सञ्चारकर्मी्विरुद्ध आक्रोश पनि पोखिरहेका छन्। यथार्थमा उनीहरु कुनै पत्रकार वा सुरक्षाकर्मी केही नभएको देखिएको छ। आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने उत्तम कार्कीसहित केही युवाले उहाँको गाडीलाई रोकेर अनुसन्धानमा खटिएको सुरक्षाकर्मीले जस्तै केरकार गरेको थियो। त्यो दृश्यलाइ आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने उत्तम कार्की नामका युवाको फेसबुकबाट लाइभ गरिएको थियो। युवाको समूहले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्दा पनि प्रहरीले रोकेन। अवरोधपछि कार्की हेटौँडा नै फर्किनुभयो। उहाँ शनिबार साँझ मात्रै काठमाडौं आउनुभएको छ। यस्तो छ संवाद युवा : तपाईंहरूको गाडीमा ल्याएको ब्यागभित्रको सामग्री छ नि, त्यो देखाउनुुस् । त्यो सामान ठ्याक्कै देखाउनुस् है । तपाईं नियमसंगत तवरले आउनुभएको रहेछ । तपाईं पनि एउटा स्वास्थ्यकर्मी हुनुहुँदो रहेछ हैन । तपाईंहरूले जे गर्नुभएको छ त्यो हाम्रै लागि गरेको भन्ने हामीले बुझेका छौँ । अब हामी पनि काम गर्छौं । त्यो तपाईंहरूका लागि हो भन्ने सोच्नुर्पयो भनेर बुझ्नुस् है त । ओके ब्याग चेक गरौँ है त  । अप्ठ्यारो मान्नु पर्दैन । हामीले यो गरेको तपाईंहरूकै लागि हो । नागरिकको हैसियतले सामग्री चेक गर्दैै छौँ है । डा. कार्की : (ब्याग खोलेर देखाउँदै) यसमा केही कपडा छ । हेर्नुस् । युवा : राम्रोसँग स्पष्ट देखिने तरिकाले देखाउनुस् है । डा. कार्की : ल हेर्नुहोस् । युवा : त्यो अर्को सानो ब्याग पनि खोल्नुस् । डा. कार्की : (ब्याग खोलेर पुस्तक र ल्यापटप देखाउँदै) यसमा यही पुस्तक छन् । हेर्नुस् । युवा : तपाईंलाई म एउटा प्रश्न सोध्छु है त । डा. कार्की : सोध्नुस् । युवा : तपाईंको नाम भन्नुस् । डा. कार्की : नारायण कार्की । युवा : तपाईंको पद भन्नुस् । डा. कार्की : म डाइरेक्टर हुँ । प्रदेश ३ को जनस्वास्थ्य प्रयोगशालामा काम गर्छु । युवा : ए त्यसो हो भने तपाईं स्वास्थ्यसँग जोडिएको मान्छे । डा. कार्की : अँ युवा : तपाईंले संक्रमणबाट बच्ने उपाय पनि सिकाउनुहुन्छ । डा. कार्की : अँ युवा : जनचेतनामूलक काम पनि गर्नु हुन्छ ? डा. कार्की :  अँ युवा : एज प्रोफेसर होइन । तपाईंको मुखमा मास्क खोइ ? डा. कार्की : तपाईंसँग बोल्नुपर्दा भर्खर खोलेको हो । युवा : होइन होइन तपाईंको मुखमा मास्क खोइ ? डा. कार्की : (मास्क लगाउँदै) अँ युवा : तपाईं चिकित्सक भएर यस्तो सानो सानो कुरा कियर गर्नुपर्छ कि पर्दैन ? म संक्रमित व्यक्ति भएको भए के हुन्थ्यो ? यसैबिच डा. नारायण कार्कीले ह्यारेसमेन्टबाट दिक्क भएको र यो बारेमा सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभएको छ । सडकमा केरकार गर्ने माथी के कारवाही हुन्छ आफु प्रतिक्षामा रहेको उहाँको भनाई छ । यस्तै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खानतलास गर्न, सोधपुछ गर्न प्रहरीबाहेक कसैलाई पनि अधिकार नभएकोभन्दै कोही व्यक्ति त्यस्ता गतिविधिमा उत्रिए त्यो गैरकानुनी हुने बताउनुभएको छ । नागढुंगामा त्यस्ता केही अवाञ्छित गतिविधि भएको सूचना आएको र दोषी देखिए कानुनी कारबाही हुने उहाँको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - १६:३०:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology