काठमाडौं । सरकारले नेपालको कालापानी, लिम्पुवाधुरा र लिपुलेक क्षेत्र समेटको नक्सा पारित गरेको छ । सो कुराको जानकारी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले दिनु भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ ।

भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए । सो क्षेत्रमा नेपाली भूभामा भारतले सडक निर्माण गरे पछि त्यसको सर्वत्र विरोध भएपछि सरकारको सो निर्णय भएको हो ।