शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा कोरोना सँक्रमित भेटिएपछि विभिन्न स्थान शील, आवतजावत पुर्ण रुपमा बन्द

धादिङको थाक्रेमा कोरोना सँक्रमित भेटिएपछि विभिन्न स्थान शील, आवतजावत पुर्ण रुपमा बन्द

नागरिक पाटी

६, जेठ २०७७
  • 12.3K
    SHARES
  • आशिष ठकुरी धादिङ । धादिङको थाक्रे वडा नम्बर ७ एक व्यक्तिमा सोमबार कोरोना सँक्रमण भएको पुष्टि भएपछि पालिकाको विभिन्न स्थानमा शील गरिएको छ । सँक्रमित व्यक्तिको घर तथा बस्ती र पुर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको ८ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभुत विद्यालय भित्रको चार किल्ला शील गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले नागरिकपाटीलाई जानकारी दिनुभयो । काठमाण्डौको बागबजारमा प्रेस ब्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रे स्थित गाउँ आएर २८ गते काठमाण्डौ नै फर्किएका थिए । गाउँको स्थानीय ब्यक्तिलाइ कोरोनाको संक्रमण देखिएपछि काठमाण्डौको बागबजारमा प्रेस ब्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रे स्थित गाउँ आएर २८ गते काठमाण्डौ नै फर्किएका थिए । गाउँको स्थानीय ब्यक्तिलाइ कोरोनाको संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिको बैठक बसि शील गरिएको हो । शील गर्नु अगाडी मँगलबार बिहान प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले आगामी जेठ ११ गते राती १२ बजे सम्म सँक्रमक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकले उल्लेखित चार किल्ला क्षेत्र भित्र पुर्ण शिलबन्दी गर्ने, पुर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकता अनुसार नेपाली सेनाले भेईकल पेट्रोल गर्ने लगायतका निर्णय गरेको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले नागरिकपाटीलाई बताउनुभयो । बैठकले सँक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाईनको व्यवस्था गर्ने लगायतका निर्णय सँगै एम्बुलेन्सलाई कोभिड प्रतिकार्यका लागि २४ घण्टा अवस्थामा राख्ने निर्णय भएको थाक्रे गाउँपालिकाले जनाएको छ । यो संगै धादिङ जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ३ पुगेको छ । एक जना नेत्रावती गाउँपालिका वडा न. ३ सेमजोङका उर बहादुर तामाङ भने पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - १८:४३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology