६, जेठ २०७७
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमित लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र जसरी पनि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले कुटनीतिक पहल मार्फत अतिक्रमित भूमी फिर्ता ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘नेपालको नयाँ नक्सा मन्त्रीरिषदबाट पास भएको छ। लिमियाधुरा, लिपुलेक सहित कालापानी हाम्रो भूभाग हो। १८ सालसम्म जनगणना गर्ने र तिरो उठाउने काम भइररहेको थियो। त्यसपछि त्यहाँ तिरो उठाउन जान रोक्ने काम भयो,’ उनले भने, ‘सन् १९६२ सनमा त्यहाँ भारतीय सेना कालापानीमा बसेर हामी ब्लक गरेका हुन्। त्यसबेला शासकहरुले सहे। त्यो विषय ताजा विषयकोरुपमा नभएकाले अझेलमा परेको हो। अब लिम्पियाधुरा, लिपुलेकm, कालापानी आझेलमा पर्न दिइँदैन। हाम्रो भूभाग हामी फिर्ता लिएरै छोड्छौं।’
यो कुनै तमसा गरिएको होइन,’ उनले भने, ‘संविधान संशोधनको प्रस्ताव सदनमा आउने छ र पारित हुन्छ। म ठान्छु, संविधानको अनुसूची ३ नेपालको नक्सा समेत अंकित छ। संसदले पारित गरेका दिन, देशमा दिपावली हुनेछ।’
प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार -
२१:३६:४० बजे