शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लिम्पियाघुरा, लिपुलेक, कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

लिम्पियाघुरा, लिपुलेक, कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

नागरिक पाटी

७, जेठ २०७७
  • 5.8K
    SHARES
  • काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाघुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको छ। आज बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आयोजित एक कार्यक्रममा भूमिसधार मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो। सरकारले स्वीकृत गरेको नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले नयाँ नक्सा प्रमाणीकरण गरेका हुन्। नेपालले सार्वजनिक गर्न लागेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र भारतको अतिक्रमण रहेको छ। दुई साताअघि भारतले अतिक्रमित क्षेत्रमा निर्माण गरेको भू भागको निर्माण गरेको सडकमा रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०७७ बुधवार - २३:०६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology