७, जेठ २०७७
रुघा लाग्छ, खोकी लाग्छ सँगै ज्वरो पनि आउँछ
रोग बढ्दै जाँदा पुरै शरिर दुखेर आउँछ
यि लक्षण हुनासाथ अस्पताल जानु घरमा नबस्नु तिमी
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
ज्वरो बढ्छ अनि बान्ता आउन थाल्छ रे
सचेत नभए सजग नबने मान्छे पनि मर्छ रे
यो रोग यस्तै छ, चाँडै फैलन्छ रे
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
अझ डर, पिर, चिन्ता नलिई भन्लान् नि मान्छे
कुन ज्वरो, रुघा, कोरोना चिन्दैनन मान्छे
तब मात्र चिनिन्छ, जब अस्पताल गईन्छ
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
होटल वा बाहिर गई केहि नखाई तिमी
भेट्दा हात मिलाउने, अँकमाल कसैलाई नगर्नु तिमी
आफु भन्दा ठुला मान्यजनलाई नमस्ते गर्नु तिमी
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
साबुन पानीले हात धोउ तिमी
बहिर निस्कँदा माक्स र सेनिटाईजर सँगै लैजाउ तिमी
आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने गर तिमी
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
साबुन पानीले हात धोउ, काम गर्नु अघि र पछि
पटक–पटक धुनुपर्छ हात कुनै बस्तु छोए पछि
पहिले लुगा नफेरी सफा नभई भान्सामा नपस्नु तिमी
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
२०७६ सालमा पुस महिना थियो, जाडो पनि बढिराखेकै थियो
कोरोना भन्ने रोग देखियो, सुरुमा चिनमा देखियो
कोरोना रोगबाट बच्ने र बचाउने तथा लक्षण बुझि सत्मार्ग चुम्नु तिमी
फेरी कोरोना भयो भने पछि नरुनु तिमी
चिनको वुहानबाट निस्किएर
विश्व भ्रमणमा छौ तिमी
बिन्ति गर्छु कोरोना अब नेपालमा धेरै नफैल तिमी !!
सुस्मिता भण्डारी
थाक्रे २ सिम्ले धादिङ
प्रकाशित मिति :जेठ ७, २०७७ बुधवार -
२३:४०:४९ बजे