शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्के-सितापाईला सडकमा ग्राभेल गरिँदै, अब बाह्रै महिना सवारी सञ्चालन हुने

धार्के-सितापाईला सडकमा ग्राभेल गरिँदै, अब बाह्रै महिना सवारी सञ्चालन हुने

नागरिक पाटी

९, जेठ २०७७
  • 11.7K
    SHARES
  • शिवराज आचार्य धादिङ । धार्के-सितापाइला सडक खण्डको स्तरोन्नती सुरु भएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ को धार्के बजारको महेशखोला पुलबाट ग्राभेल सहित रोलर लगाउने काम सुरु भएको हो । नेपालको संघिय राजधानी प्रवेश गर्ने बैकल्पीक राजमार्गको रुपमा रहेको धार्के- सितापाइला सडक खण्डको महेशखोला पुल देखि ठूलोखोला सम्म १३ किलो मिटर सडकमा ग्राभेल हाल्न र रोलर लगाउने काम सुरु भएको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मीले बताउनुभएको छ । नेपाल सरकारको १४ करोड बजेटबाट उक्त सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउन थालिएको हो । दिब्य ज्योती कन्ट्रक्सनबाट उक्त सडकमा ग्राभेल गर्ने, कच्ची नाला बनाउने र रोलर लगाएर थिच्ने काम भईरहेको दिब्य ज्योती कन्ट्रकसनका शिवराम भण्डारीले नागरिकपाटीलाई जानकारी दिनु भएको छ । उहाँले ९ किलो मिटर सडकमा ग्राभेल बोक्ने काम सम्पन्न भएको र अरु बाँकी क्षेत्रमा केहि दिनमा ग्राभेल बोक्ने भण्डारीको भनाई छ । धार्के-सितापाईला सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउने कामले गर्दा यस बाटो क्षेत्र भित्रका नागरिकले राहत पाउने नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । नैबिसे-नागढुङगा सडक खण्डको बैकल्पीक राजमार्ग रुपमा रहेको यस सडकलाई काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतमा वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै दुख पाएका थिए । अब सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको मेयर आचार्यको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - ०५:००:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology