शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारको महत्वपुर्ण निर्णय, निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

सरकारको महत्वपुर्ण निर्णय, निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

नागरिक पाटी

९, जेठ २०७७
  • 7.4K
    SHARES
  • काठमाण्डौ । सरकारले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको छ । सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधनको लागि संविधान संशोधन गर्न लागिएको हो । गएको सोमबार मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्सा गएको बुधबार सार्वजनिक गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - २२:५७:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology