शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा सचिवालयको बैठक सकियो

नेकपा सचिवालयको बैठक सकियो

नागरिक पाटी

१७, जेठ २०७७
  • 4.9K
    SHARES
  • काठमाडौं । एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसीका विषयमा कुनै निर्णय गरेको छैन। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले संसदमा विचराधीन अवस्थामा रहेको हुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार सम्झौता पास भए त्यसै अनुरुप हुने र पास नभए सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर बढ्ने प्रवक्ता श्रेष्ठले बताए। उनले एमसीसीका बारेमा पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा छिट्टै सचिवालयको बैठकमा आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको बताए । उनले एमसीसी अनुमोदन नभएको अवस्थामा एमसीए अन्तर्गतका कामहरु तत्कालका लागि रोक्ने सहमति भएको बताए। ‘

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - २१:४२:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology