शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रुकुम घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिवद्धता

रुकुम घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिवद्धता

नागरिक पाटी

१९, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरेका छन् । उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन शुरू गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे। छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरि काम गर्न सचेत गराइएको उनको भनाइ छ। १० जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको ‘सामुहिक हत्याकाण्डमा’ ६ जनाको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १४:०४:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology