शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित

संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित

नागरिक पाटी

१९, जेठ २०७७
  • 4.4K
    SHARES
  • काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङफेले प्रतिनिधि सभामा पेश गरेको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकलाई राजपत्रमा प्रकाशन गरिएको छ। संविधानको धारा २७४ (उपधारा ३) मा संसद्‌मा पेश भएको संविधान संशोधन विधेयक सर्वसाधारण जनताका लागि प्रकाशन गर्नुपर्ने व्यवस्था छ। सरकारले भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गरिँदैछ। संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था छ। उक्त निशान छापको बीचमा रहेको नेपालको नक्शमा भारतद्वारा अतिक्रमित भूभाग समावेश गरिएको थिएन। लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नेपाली नक्शामा समेटेर राजीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि त्यसैअनुसार निशान छापको नक्शा पनि संशोधन गर्न लागिएको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १४:०५:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology