शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतबाट फर्केका नेपाली नागरिक उद्धार गरेर फकँदै गरेको बस दुर्घटनामा ११ को मृत्यु, २२ घाइते

भारतबाट फर्केका नेपाली नागरिक उद्धार गरेर फकँदै गरेको बस दुर्घटनामा ११ को मृत्यु, २२ घाइते

नागरिक पाटी

१९, जेठ २०७७
  • 5.5K
    SHARES
  • काठमाण्डौँ । लकडाउनको समयमा भारतबाट फर्केका नेपाली नागरिकहरुलाई उद्धार गरेर फकँदै गरेको गाडी मध्यरातमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको यात्रुबाहक मिनिबस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्युु भएको छ भने २२ जना घाइते भएका छन् । बाँकेको अगैया नजिकैको जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । दुर्घटनामा १० पुरुष र एक महिलाको ज्यान गएको छ। २२ जना घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको र ४ को अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ । मृतकको शव अस्पतालमै राखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १४:३७:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology