आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विदेशमा अलपत्र नेपालीलाई भोलिबाट स्वदेश फर्काइने

विदेशमा अलपत्र नेपालीलाई भोलिबाट स्वदेश फर्काइने

नागरिक पाटी

२२, जेठ २०७७
  • 14.3K
    SHARES
  • विदेशमा अलपत्र नेपालीलाई भोलिबाट स्वदेश फर्काइने

    काठमाण्डौं । शुक्रबारबाट विदेशमा अलपत्र नागरिक फर्काउन सुरु गर्ने भएको छ। भोलि शुक्रबार युएई र म्यानमारमा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने भएको हो।

    images

    परराष्ट्र श्रोतका अनुसार युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने भएको हो। यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो। त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो। त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको श्रम मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

    पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो। युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ। यसको सूची युएईले पठाइसकेको छ।

    उता कुवेतमा ३ हजार नेपाली श्रमिकले आममाफी पाएका छन्। आममाफी पाएका कामदारलाई कुवेतले नै फर्काइदिने भएको छ। कुवेतबाट अन्य करिव ५ हजार बढी श्रमिक कम्पनी बन्द भएर फर्किनैपर्ने अवस्थामा रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १४:३९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology