काठमाण्डौं । युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौँ आइपुगेको छ । यूएईबाट आएकामध्ये १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् । उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९ः१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा शुक्रबार साँझ आइपुगेका हुन् । जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि ल्याइएको छ ।
उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने तयारी गरेको छ । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् । ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । उनीहरु सुरक्षागार्ड हुन् । बाँकी अन्य कम्पनीमा कार्यरत रहेको जनाइएको छ । यसअघि आज बिहान म्यानमारबाट २६ जना नेपाली फर्किएका थिए।