शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सँकट व्यवस्थापन केन्द्रको यस्तो निर्णय

धादिङमा कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सँकट व्यवस्थापन केन्द्रको यस्तो निर्णय

आशिष ठकुरी

२६, जेठ २०७७
  • 16.9K
    SHARES
  • धादिङमा कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सँकट व्यवस्थापन केन्द्रको यस्तो निर्णय

    धादिङ । धादिङमा कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सँकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठक बसि विभिन्न निर्णय भएको छ ।
    बैठकले जिल्ला स्थित डिभिजन बन कार्यालयमा थप आईशोलेसनलाई बेड राख्ने, गजुरीमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्र्तगतको भवनलाई आईशोलेसन सेन्टर तोक्ने, निर्णय गरेको छ ।

    images
    images

    यस्तै बागमती प्रदेश सरकार सँग आईसुलेसन व्यवस्थापनका लागि १० लाख माग गर्ने र आईसुलेशन पहिचानका लागि स्वास्थ्य कार्यालयका प्रमुखको सँयोजकत्वमा समिती गठन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी स्वाब सँकलनका लागि आवश्यक पर्ने भिटिएम निलकण्ठ नगरपालिकाले खरिद गरि व्यवस्था गर्ने र जिल्लाका अन्य स्थानिय तहहरुलाई समेत आवश्यक भिटिएम मौज्दात राख्ने व्यवस्था गर्ने निर्णय भएको छ ।

    यो पनि हेर्नुहोस्.. 

    धादिङका १६ जनामा एकैदिन कोरोना सँक्रमण

    धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि

    यसैगरी बैठकले स्वास्थ्य व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको सँयोजकत्वमा समिती गठन गर्ने र आईसुलेसनमा रहेका सँक्रमितहरुको चिकित्सकीय सेवा जिल्ला अस्पतालले गर्ने निर्णय भएको छ ।

    बैठकमा जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपाल, निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुँगाना, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतको सहभागीता रहेको थियो । सोमबार मात्र धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १७:४२:३१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology