आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना संक्रमण, लकडाउनमा थप कडाई

चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना संक्रमण, लकडाउनमा थप कडाई

नागरिक पाटी

२६, जेठ २०७७
  • 10.3K
    SHARES
  • चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना संक्रमण, लकडाउनमा थप कडाई

    चितवन । चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ । चितवनको भरतपुर १० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको पिसिआर विधिबाट स्वाब परीक्षणको क्रममा सोमवार दुई जना चिकित्सक र एक जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । एकजना चिकित्सक चितवनको नारायणी सामुदायिक हस्पिटल र नर्स मनाकामना अस्पतालमा कार्यरत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अन्य जिल्लामा कार्यरत अर्का चिकित्सकले भने भरतपुर अस्पतालबाट स्वाब संकलन गराएको भएपनि अहिले उनी काठमाडौं रहेको पाईएको भरतपुर अस्पतालले जनाएको छ । शुक्रवार र शनिवार संकलन गरिएको नमुना परीक्षणमा स्वास्थ्यकर्मी सहित सोमवार चितवनमा ३० जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । जसमध्ये २४ जना चितवनका , ५ जना नवलपुर र एक जना धादिङका रहेको बताईएको छ । स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएसँगै चितवनमा थप सतर्कता अपनाईएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । परीक्षणको दायरा बढाईएसँगै संक्रमितको संख्या समेत बढन् सक्ने अनुमान समेत गर्न थालिएको छ । उता जिल्लामा संक्रमितको संख्या वृद्धि भएसँगै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भोलिदेखी लकडाउनमा थप कडाई गरिने बताए ।

    images

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - २१:४८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology