काठमाडौं । पहिलो उडानमार्फत थाइल्याण्डमा समस्यामा रहेका २ सय ६० नेपालीलाई स्वदेश फर्काइने भएको छ। असार ३ गते बुधबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत उनीहरूलाई स्वदेश फर्काउन लागिएको हो।
दूतावासको सूचीमा नाम उल्लेख भएकाहरूले जेठ ३१ भित्र एयरलाइन्सको बैंककस्थित कार्यालय ०२२६६७१४६ वा यात्रुको आफन्तले काठमाडौंस्थित एयरलाइन्सको कार्यालय ४२४८६०७ मा सम्पर्क गरिद गर्न सकिने बैंककस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
हवाई टिकट दर प्रतियात्रु ३ सय ९० अमेरिकी डलर वा थाइ भाट १२ हजार २८० ४७ हजार ३ सय तिर्नुपर्नेछ। यसअघि म्यानमारबाट २६ जना र युएईबाट १ सय ६८ जना नेपालीलाई सम्बन्धित मुलुकले स्वदेश ल्याइदिएका छन्। कुवेतले पनि बिहीबार ३ सय नेपालीहरू चार्टरमार्फत ल्याइदिने दूतावासले जनाएको छ।