आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पहिलो फ्लाइटमा कुवेतबाट १५० नेपाली काठमाण्डौ आइपुगे

पहिलो फ्लाइटमा कुवेतबाट १५० नेपाली काठमाण्डौ आइपुगे

नागरिक पाटी

२९, जेठ २०७७
  • 8.5K
    SHARES
  • पहिलो फ्लाइटमा कुवेतबाट १५० नेपाली काठमाण्डौ आइपुगे

    काठमाडौँ । विभिन्न मुलुकबाट नेपाली नागरिक फर्कने क्रममा आज कुवेतबाट पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएकाछन् ।
    कुवेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । अहिले आएका सबै जना महिला रहेका छन् ।
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिनुभएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे अवतरण भएको हो ।
    भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले। राजधानी स्थित विभिन्न होल्डिङ सेन्टरमा लगिदैछन् । जहाँ उहाँहरुको व्यक्तिगत विवरण संकलन गरेपछि उहाँहरुको चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।
    त्यस्तै पहिलो जहाज फर्के लगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । जसमार्फत पनि १४९ जना महिला कुवेतबाट स्वदेश फर्कदैछन् ।
    कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीनसयजना नेपाली बिहिबार फर्कने तय भएको हो ।

    images

    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १२:४४:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology