शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीको अमलेचौरमा अटो ट्याम्पु सिकाउन सुरु, तालिममा ७१ जना महिला सहभागी

धुनिबेशीको अमलेचौरमा अटो ट्याम्पु सिकाउन सुरु, तालिममा ७१ जना महिला सहभागी

आशिष ठकुरी

३०, जेठ २०७७
  • 27.8K
    SHARES
  • धुनिबेशीको अमलेचौरमा अटो ट्याम्पु सिकाउन सुरु, तालिममा ७१ जना महिला सहभागी

    धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा अटो ट्याम्पु सिकाउने काम सुरु भएको छ । नगरसभाबाट स्वीकृत बार्षिक विकास कार्यक्रम अन्तर्गत महिला सीपमुलक कार्यक्रम वडा नम्बर ५ मार्फत महिलाहरुका अटो ट्याम्पु सिकाउने काम सुरु भएको हो ।

    images
    images

    धार्के सितापाईला सडकको अमलेचौर आसपासमा सञ्चालन भएको तालिम २० दिन सम्म सञ्चालन हुनेछ । वडाले यस अघि नै यस तालिममा छनौट भएका ७१ जना महिलाको नाम र सिक्ने समय तालिका सार्वजनिक गरेको थियो ।

    111111.jpg

    यसैबिच नगरपालिकाका मेयर बालकृष्ण आचार्यले यस्तो किसिमको सिपमुलक तालिमले महिलाहरु स्वरोजगार हुने बताउँदै आवश्यक अनुसारका सिपमुलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्दै जाने बताउनुभयो । यसैगरी नगरपालिकाका उपमेयर निरु खरेलले महिलाहरुले सिकेको सिप व्यवहारमा उतार्नेमा आफुहरु ढुक्क रहेको बताउनुभयो ।

    यस्तै वडा भित्रका निम्न आयस्तर भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रमको योजना ल्याएको वडा अध्यक्ष कृष्ण कुमार रेग्मीले बताउनुभयो । यस्तै वडा सदस्य रिसी कुमार ढकालले काठमाडौ संगै सिमाना जोडिएको धुनिबेशीमा आज सम्म पनि नगरको भित्रि बाटोमा कुनै पनि सार्वजनिक भाडाका मान्छे बोक्ने मोटर नरहेको भन्दै अब यसको अन्त्य हुने बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १७:५४:४७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology