शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सामाजिक कार्यमा आत्मसन्तुष्टि मिल्छ : नायिका शुभेच्छा थापा

सामाजिक कार्यमा आत्मसन्तुष्टि मिल्छ : नायिका शुभेच्छा थापा

नागरिक पाटी

१७, आषाढ २०७७
  • 6.4K
    SHARES
  • सामाजिक कार्यमा आत्मसन्तुष्टि मिल्छ : नायिका शुभेच्छा थापा

    काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने नायिका, निर्मात्री तथा चलचित्र लेखिका शुभेच्छा थापा समाजसेवामा समेत त्यतिकै सक्रिय छिन । दर्जनौ चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा दमदार अभिनय प्रस्तुत गरेर नेपाली दर्शकहरुको मन जित्न सफल नायिका अहिले सामाजिक कार्य मार्फत पनि हजारौं पिडितहरुको सहारा बनेकी छिन । समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी चर्चित नायिका थापा हजारौं भोका पेटहरुलाइ राहत वितरण गर्न ब्यस्त छिन ।

    images
    images

    चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड- १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा नायिका शुभेच्छा थापा स्वास्थ्य सामाग्री वितरण देखि राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएकी छिन ।

    भर्खरै मात्र उनले सहयोगि आत्मा निर्भर अनाथ आश्रमलाई १ बर्ष सम्म १० जना बालबालिकालाइ पढ्ने खर्च र खाद्यान्न राहत सामाग्री समेत उनले संस्थाकि अध्यक्ष राधा सुबेदीलाइ हस्तान्तरण गरेकी छिन् । सानै देखि रंगमञ्चवाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी नायिका थापा नेपाली चलचित्र उधोगमा सर्बाधिक चर्चाको शिखरमा पुग्ने नायिकाको रुपमा स्थापित भएकी छिन । लगनशिलता र परिश्रममा विश्वास गर्ने नायिका थापा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेकी छिन ।

    गरिब दुखिको ढुकढुकी र मानबजातीको प्रेरणाका श्रोत बनेकी चर्चित नायिका शुभेच्छा थापा दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । उनि कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकि हुन्छिन भने कहिले पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेकि हुन्छिन । लकडाउन सुरु भए संगै राहत वितरणमा जुटेकी समाजसेवी शुभेच्छा थापा सम्पूर्ण नेपाली बीच लोकप्रिय भएकी छिन । भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा नायिका तथा समाजसेवी थापा बताउँछिन । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न नायिका शुभेच्छा थापाले अनुरोध समेत गरेकी छिन ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - १९:१०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology