धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। सुरक्षित आप्रवासन (सामि)परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाले नगरभित्रका ७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको सामि परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।परदेशमा मृत्यु भएका २ जना,बेपत्ता भएका ४र भनेको जस्तो कमाई नभएर फर्किएका १ जना गरी जम्मा ७ जनालाई प्रतिव्यक्ती ६ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीएको छ।
शैक्षिक सामाग्री नभएकै कारण वालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री वितरण गरीएको मनोविमर्शकर्ता रामकुमार थापाले बताउनुभयो।व्यक्तिगत मनोपरामर्श कक्षा सन्चालन भईरहेका ७ जनाकै बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरीएको हो।आईतबार एक कार्यक्रमको आयोजना गरी प्रति व्यक्ती १ थान विद्यालय झोला,१ सेट विद्यालय पोशाक,६ दर्जन कपी,डेढ दर्जन सिसाकमल,१ थान क्याल्कुलेटर,१ थान ज्यामिट्री बक्स,१ प्याकेट कलर,१ वटा सामान्य ज्ञान लगायत शैक्षिक समाग्री वितरण गरीएको हो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद बश्यालले कामको सिलसिलमा परदेश गएर समस्यामा रहेका बालबालिकाका अभिभाकहरुलाई वितरण गर्नुभएको हो । सामि परियोजनाबाट प्रवाह भएको सेवा प्रभावकारी भएको भन्दै उहाँले आगामी दिनमा पनि वैदेशिक रोजगारको कारण समस्यामा रहेका परिवारलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।