गल्छी । ग्लोबल आईएमई बैंक बैरेनी शाखाद्धारा कोरोना महामारिको समयमा गाउँपालिकाको अति विपन्न गरिब दलित तथा रोजगारी गुमाएका मजदुर परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । बैँकले गल्छी गाँउपालिकालाई २ लाख ४६ हजार २ सय ७ रुपैयाँ बराबरको खाद्यान्न गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
साथै गाउँपालिकले उक्त बैँकलाई प्रशंसा प्रत्र पनि प्रदान गरेको छ । ग्लोबल आईएमई बैंकले देशै भरि यस्तो किसिमको सहयोग गरिरहेको र भविष्यमा हुने कुनैपनि विपद्मा सहयोग गर्दै जाने शाखा प्रमुख सायर उप्रेतीको भनाई छ ।