शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्ति दाबी गर्दै भुवनले दायर गरे मुद्दा

साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्ति दाबी गर्दै भुवनले दायर गरे मुद्दा

नागरिक पाटी

९, श्रावण २०७७
  • 7.0K
    SHARES
  • साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्ति दाबी गर्दै भुवनले दायर गरे मुद्दा

    काठमाडौं । नायक भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै नायिका साम्राज्ञी आरएल शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको जानकारी दिए ।

    images
    images

    साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप लगाएकी थिइन् । भुवनले आफूमाथि नायिका साम्राज्ञीले बेइज्जती गरेको रिटमा जिकिर गरेका छन् ।

    यसअघि नायक भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले लगाएको आरोपबारे सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएका थिए । त्यसपछि भुवन र साम्राज्ञीबीच विवाद उत्कर्षमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १५:४०:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology