काठमाडौं । अजोड इन्स्योरेन्सको आईपीओमा परेको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । उक्त कम्पनीको आईपीओलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘एआईएल’ सकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीको शेयर मूल्यका लागि प्रि –ओपनिङ रेञ्ज भने तोक्न बाँकी रहेको छ । अव कम्पनीको शेयर कारोबार सोही संकेतबाट हुनेछ ।
उक्त कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए । कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता आईपीओमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।