काठमाण्डौं । कोरोना संक्रमण रोक्न सरकारले बन्दाबन्दी ९लकडाउन० गरेपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत् ३० देशबाट ५० हजार १ सय ७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले जनाएको छ ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३ सय १९ चार्टर्ड उडानमार्फत् उनीहरू नेपाल फर्किएका हुन् ।
स्वदेश फर्किएकामध्ये ३८ हजार ४ सय ४५ जना आफ्नो प्रदेश गएका छन् भने १ हजार ३ सय ६५ जना होटल क्वारेन्टिनमा छन् । यस्तै ५ हजार ४ सय ३६ जना होम क्वारेन्टिनमा, ४ हजार ३ सय ७० जना लोकल क्वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।