आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रिलायन्स लाइफको आईपीओ बिक्री खुला

रिलायन्स लाइफको आईपीओ बिक्री खुला

नागरिक पाटी

४, भाद्र २०७७
  • 23.5K
    SHARES
  • रिलायन्स लाइफको आईपीओ बिक्री खुला

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

    images

    जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यस्तै अर्को ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा भने सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

    कम्पनीको आईपीओमा सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड पुग्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १०:००:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology