शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण ११ जनाको मृत्यु, थप ८८५ जनामा सङ्क्रमण

कोरोनाका कारण ११ जनाको मृत्यु, थप ८८५ जनामा सङ्क्रमण

आशिष ठकुरी

१०, भाद्र २०७७
  • 6.1K
    SHARES
  • कोरोनाका कारण ११ जनाको मृत्यु, थप ८८५ जनामा सङ्क्रमण

    काठमाण्डौ । गएको २४ घण्टामा ११ जनाको मृत्यु भए सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो पटक मोरङ र भक्तपुरका एकरएक, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाण्डौका एक र बाराका दुई जनाको मृत्यु भएको हो ।

    images
    images

    यस्तै गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सँख्या ३४ हजार चार सय १८ पुगेको छ ।

    १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार पाँच सय चार पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १६:४४:२५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology