शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज १३औँ राष्ट्रिय पुस्तकालय दिवस मनाईदै

आज १३औँ राष्ट्रिय पुस्तकालय दिवस मनाईदै

नागरिक पाटी

१५, भाद्र २०७७
  • 8.5K
    SHARES
  • आज १३औँ राष्ट्रिय पुस्तकालय दिवस मनाईदै

    धादिङ । कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरूपमा मनाइने भएको छ।

    images
    images

    स्वास्थ्य जोखिमका कारण शिक्षालय र पुस्तकालय गत चैत ५ गतेदेखि बन्द रहे तापनि डिजिटल प्रणाली र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको दिवस मनाउन लागेको हो।

    राजा गीर्वाणविक्रम शाहका पालामा १८६९ भदौ १५ गते पुस्तक तहबिल स्थापना भएको दिनका सम्झनामा नेपालमा २०६५ सालदेखि हरेक वर्ष सो दिन राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आएको छ।

    राजा गीर्वाणयुद्धले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पण्डित केदारनाथ झालाई जिम्मा दिइएको थियो।

    मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भर्चुअलरुपमा पुस्तकालय र पठनपाठनका क्षेत्रका चुनौतीबारे छलफल गरिने छ।

    निरौलाका अनुसार हाल सामुदायिक र सार्वजनिक गरी नेपालमा करिब सात सय पुस्तकालय छन्। संस्थागत (कार्यालयगत) रुपमा पनि अन्य पुस्तकालय सञ्चालित छन्। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०७:३६:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology