धादिङ । धुनिबेशी नगरपालिका ५ मा भुवनेश्वरी खेल मैदानमा प्याराफिट निर्माणकार्य तिव्र रुपमा भैरहेको छ । जेसिका विल्डर्स प्रा।लि ले प्याराफिट निर्माणको जिम्मा लिएको छ । १ करोड २२ लाख ९५ हजार ८ सय २९ रुपैँयामा गत जेठ २८ गते सम्झौता भएकोमा यहि वर्षको पौष २७ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । धादिङमै पहिलो प्याराफिट सहित निर्माण हुन लागेको खेलमैदानका कारण स्थानिय खेलप्रेमीहरु खुसी भएका छन् । बागमती प्रदेश र धुनिबेशी नगरपालिकाको साझेदारीमा खेल मैदानको प्याराफिट सहितको खेल मैदान निर्माण हुँदै गरेको नगरपालिका प्रमुख बालकृष्ण आचार्यको भनाई छ ।
हेर्नुहोस् केहि फोटोहरु :



यस अघि शिलान्यास गरिएको भिडियो पनि हेर्नुहोस् ।