धार्के । धादिङको धुनिबेशी नगरपालीकाको विभिन्न योजना तथा धार्मिक क्षेत्रको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले निरिक्षण गर्नु भएको छ । नगरपालीकाले अहिले चालु आ.वमा सञ्चालन गरिरहेको आयोजना र सम्पन्नमा भएका योजनाहरुको समेत निरिक्षण गनु भएको छ । उहाँले निर्माणधिन भुबनेश्वरी खेलकुद मौदान, धुनिबेशी पार्क, गोरखनाथ मन्दिर र जुगेडीमा बन्न लागेको नगरपालीकाको प्रशासकिय भवन निर्माण स्थलको समेत निरिक्षण गनु भएको छ । निरिक्षण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल,नगर प्रमुख बाल कृष्ण आचार्य, उप प्रमुख निरु खरेल,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेल, विभिन्न वडाका वडा अध्यक्ष्हरु,नेकपाका नेताहरु रहनु भएको थियो। फोटो फिचर




