काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले कुल लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने एक अर्ब ८४ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशतले हुन आउने नौ करोड ७२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रशव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्रबाट स्वीकृत भएर बैंकको आगामी २३औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । बैंकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई नगद र बोनस गरी २१ प्रतिशत लाभांश दिएको थियो ।