आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

नागरिक पाटी

२७, कार्तिक २०७७
  • 5.5K
    SHARES
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

    काठमाण्डौँ । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ ।

    images

    कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ ।

    स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।

    बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ५५ लाख पाँच हजार ६६९ बराबरको कारोबारभयो ।

    यस्तै साल्ट टे«डिङ कर्पोरेशन रु २६ करोड सात लाख ९१ हजार ६०९, प्रभु बैंक रु २० करोड ८२ लाख ६८ हजार ६१६, हिमालयन डिस्टिलरी रु १८ करोड ७६ लाख ८५ हजार ४९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड तीन लाख ७८ हजार ५३५, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर रु १५ करोड ९४ लाख ३६ हजार ३३८ र शिवम सिमेन्ट रु १३ करोड ६४ लाख ५४ हजार ३३९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    कारोबारका आधारमा आज विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेशन ९।९९, नाडेप लघुवित्त ८.१६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ७.२५, सबैको लघुवित्त ६.२५, नेपाल दूरसञ्चार कम्पनी ५.१८ र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले ४.०१ प्रतिशतले कमाए ।

    यसैगरी, गणपति माइक्रोफाइनान्स ५.२३, पञ्चकन्या माई हाइड्रोपावर ३.९५, एनआईसी एशिया ग्रोथ फण्ड ३.६०, रैराङ हाइड्रोपावर ३.४४, एनआरएन इनफ्रास्ट्रकचर ३.२१ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - २०:०४:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology