शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङद्धारा सरोकारवालाहरु विच रेडियो अन्तरसँवाद कार्यक्रम आयोजना

सिड्स नेपाल धादिङद्धारा सरोकारवालाहरु विच रेडियो अन्तरसँवाद कार्यक्रम आयोजना

शिवराज आचार्य

१०, मंसिर २०७७
  • 7.6K
    SHARES
  • सिड्स नेपाल धादिङद्धारा सरोकारवालाहरु विच रेडियो अन्तरसँवाद कार्यक्रम आयोजना

    महादेबबेशी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सिड्स नेपाल धादिङद्धारा सरोकारवालाहरु विच रेडियो अन्तरसँवाद कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने गरेका महिला हिँसा,सानै उमेरमा हुने बिबाह, महिला घरकै काममा मात्र सिमित हुनुपर्छ भन्ने धारणा तथा घरेलु तथा बिभिन्न प्रकृतिका हिँसामा महिला नै पर्ने गरेकाले यसलाई निर्मुल पार्दै चेतनशिल समाज निर्माण गर्न सघाउ पुर्याउने उदेश्य तथा गाउँ समाजमा कस्ता हिँसा छन् र यसलाई निर्मुल कसरी पार्न सकिन्छ भन्ने उद्देश्यले अन्तर संम्बाद कार्यक्रम गरिएको हो ।

    छोरा छोरीमा भेदभाव अझै कायम रहेका बताउँदै यसलाई आफैबाट अन्त्य गर्नुपर्ने केवलपुर साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष अप्सरा अधिकारी बताउनुभयो । महिलाले गरे के हुँदैन भनेर आत्मबिश्वासका साथ काम गर्न सके जुनसुकै अबस्थामा पनि सफल हुन सकिने बताउनुभयो ।

    images
    images

    त्यस्तै अन्तरसंवाद कार्यक्रममा बालबालिकाहरुले महिला अधिकारका बारेमा बिभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । महाकाली माबि सिम्लेमा अध्ययनरत किशोरी सलिना थपाले गीतमा छोरी समान हुन्, शिक्षा, स्वास्थ्य लगायतमा बालिकाहरुको पनि हक उतिकै छ भन्ने विषय समेटेर गित प्रस्तुत गरेकी थिइन ।

    समाजमा घट्ने हरेक महिला हिँसा बिरुद्ध प्रहरी पनि लागी परेको ईलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी प्रमुख रुपा थापाले बताउनुभयो । समाजमा घट्ने महिला हिँसाका घटनाहरु प्रहरी कार्यलय सम्म धेरै आउने गरेको उहाँको अनुभव छ । उहाँले यो लैङ्गीक हिँसा बिरुद्धको १६ दिने अभियान यो १६ दिन मात्र सञ्चालन गरेर नपुग्ने बताउनु भयो । जुनसुकै र जस्तोसुकै अबस्थामा पनि महिला हिँसा बिरुद्ध उतिनै तवरले लागी रहेने उहाँको सुझाव छ ।

    सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले महिला हिँसा सहेर बस्न नहुने बताउनुभयो । उहाँले आफू माथि भएको जुनसुकै हिँसालाई सहेर नबस्न कानुनी उपचार खोज्ने तथा औला उठाउनु पर्ने बेला आएको बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १९:१८:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology