फाइल तस्बीर
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन् । बोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासहित सदस्यहरु डा.तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराएका हुन् ।
उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पुर्याउनुपर्ने बताए । उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।
मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ । पाँच जना सदस्य भएका परिवारले वार्षिक रु. तीन हजार ५०० को बीमा गरे वार्षिक रु. एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् ।