आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ घर भएका सेनाका अधिकृत २१ वर्षीय पिटर थापाले पाए बेलायतमा अन्तर्राष्ट्रिय सम्मान

धादिङ घर भएका सेनाका अधिकृत २१ वर्षीय पिटर थापाले पाए बेलायतमा अन्तर्राष्ट्रिय सम्मान

नागरिक पाटी

२८, मंसिर २०७७
  • 30.1K
    SHARES
  • धादिङ घर भएका सेनाका अधिकृत २१ वर्षीय पिटर थापाले पाए बेलायतमा अन्तर्राष्ट्रिय सम्मान

    काठमाडौं । नेपाली सेनाका एक अधिकृत बेलायतमा अन्तर्राष्ट्रिय सम्मान पाउन सफल भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा घर भएका २१ वर्षीय पिटर थापालाई बेलायतको स्यान्डहस्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी पुरस्कार स्वरुप अन्तर्राष्ट्रिय ‘तरबार’ प्रदान गरेको हो।

    images

    हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई वर्षभरि दिइने तालिममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुन्। नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेन्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालिममा पठाइन्छ। थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए।

    सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानलाई तालिम दिने प्रशिक्षकका रुपमा समेत योग्य भएका छन्। सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको सहभागिता थियो। रासस

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - ०५:४९:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology