आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साधना लघुवित्तद्धारा २० प्रतिशत लाभांशको घोषणा

साधना लघुवित्तद्धारा २० प्रतिशत लाभांशको घोषणा

नागरिक पाटी

२९, मंसिर २०७७
  • 7.2K
    SHARES
  • साधना लघुवित्तद्धारा २० प्रतिशत लाभांशको घोषणा

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले पहिलो पटक लाभांश घोषणा गरेको छ। संस्थाले १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि एक प्रतिशत ‍नगद लाभांशको प्रस्ताव गरेको हो। गत असारमा प्राथमिक शेयर निष्काशन गरेको संस्थाले लाभांश दिने भएको हो।
    संस्थाको हालको चुक्ता पुँजी २ करोड १७ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ। संस्थाले नाफासहित जगेडा कोषबाट पुँजी बढाउन बोनस शेयरको प्रस्ताव गरेको हो। बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पुँजी २ करोड ६० लाख रुपैयाँ पुग्नेछ।

    images

    संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुने बित्तिकै साधारणसभा बोलाउन सक्ने छ। साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले प्राप्त गर्न सक्ने छन्। हाल दोस्रो बजारमा संस्था शेयर मूल्य ११४२ रुपैयाँ रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १०:३७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology