आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज बर्षकै सबैभन्दा छोटो दिन

आज बर्षकै सबैभन्दा छोटो दिन

नागरिक पाटी

६, पौष २०७७
  • 7.9K
    SHARES
  • आज बर्षकै सबैभन्दा छोटो दिन

    एजेन्सी । २१ डिसेम्बर २०२० वर्षको सबैभन्दा छोटो दिन र लामो रात हो। यस खगोलीय घट्नालाई ‘विन्टर सोल्सटिस भनिन्छ। यस दिन सूर्य ककर्ट राशीबाट मर्कर राशीतर्फ तथा उत्तरायणबाट दक्षिणतिर प्रवेश गर्छ ।
    यो समय सूर्यको किरण पृथ्वीमा धेरै छोटो समयको लागि रहन्छ । सूर्यको उपस्थिति करीव ८ घण्टा सम्म रहन्छ र यो सूर्य अस्ताएपछि करिब १६ घण्टा रात रहन्छ ।

    images

    चिसो बढ्ने : विन्टर सोल्सटिसपछि चिसो धेरै बढ्छ। यस घटनापछि, चन्द्रमाको प्रकाश लामो समयको लागी पृथ्वीमा रहन शुरू गर्दछ। जबकि सूर्य छोटो समयको लागि पृथ्वीमा रहन्छ । सूर्योदय र सूर्यास्तको सहि समय समय क्षेत्र र भौगोलिक स्थानमा पनि निर्भर गर्दछ।

    विन्टर सोल्सटिसको वैज्ञानिक कारण : विन्टर सोल्सटिस पृथ्वी आफ्नो अक्षमा करिब २३।५ डिग्री झुक्छ । यसकारण प्रत्येक गोलार्द्धले वर्षभरि सूर्यको प्रकाशको विभिन्न मात्रा प्राप्त गर्दछ।

    डिसेम्बर विन्टर सोल्टिसको दिनमा जब सूर्यको प्रत्यक्ष किरण भूमध्यरेखाको दक्षिणतिर मकर राशिको उत्तरी गोलाद्र्धमा पुग्छ । यो उत्तरी गोलार्धमा डिसेम्बर संक्रान्ति र दक्षिणी गोलार्धमा जून संक्रान्तिको रूपमा चिनिन्छ।

    समर सोल्सटिस : समर सोल्सटिसको विपरित २० देखि २३ जुनको बीच समर सोल्सटिस पनि मनाइन्छ । यो वर्षको सबैभन्दा लामो दिन र छोटो रात हो। त्यस्तै मार्च २१ र सेप्टेम्बर २३ मा रात र दिनको समय बराबर रहन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १०:५७:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology