शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

धादिङको धुनिवेसीमा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सव समारोह सम्पन्न

धादिङको धुनिवेसीमा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सव समारोह सम्पन्न

नागरिक पाटी

१०, पौष २०७७
  • 10.7K
    SHARES
  • धादिङको धुनिवेसीमा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सव समारोह सम्पन्न

    धादिङ । धादिङको धुनिवेसी नगरपालिका वडा नं ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षता र धुनिवेसी नगरपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण कुमार रेग्मीको प्रमुख आतिथ्यतामा बिहिबार र शुक्रबार भएको समारोहमा विद्यालय व्यवस्थापन समितीका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी सहित विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    images
    images

    समारोहमा बिद्यालयको विभिन्न पक्षहरुका साथै विगत, वर्तमान र आगामी कार्ययोजनाको बारेमा छलफल सहभागीहरु बिच छलफल भएको छ ।
    अघिल्लो वर्षहरुमा पर्वको रुपमा संचालन हुने वार्षिकोत्सव कार्यक्रम यस बर्ष कोरोना भाईरस (कोभिड(१९) को प्रतिकुल अवस्थाको कारण वार्षिकोत्सब कार्यक्रम सम्पुर्ण अभिभावक, बिद्यार्थी, बुद्धिजीवी, समाजसेवी, तालुकदार निकाय तथा शुभ चिन्तकहरुको उपस्थितिमा सम्पन्न गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनुभयो ।

    उहाँले विद्यालयलाई व्यवसायिक धारको कक्षा ९ देखी कक्षा १२ सम्म आई. टि. विद्यालयको रुपमा अगाडि बढाउने योजना रहेको भन्दै सम्पुर्ण सरोकारवाला पक्षहरुसँग सहयोगको अपेक्षा पनि राख्नुभएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मीले बिद्यालयको सम्पुर्ण पक्षहरुको सहयोगको लागि वडा कार्यालय र व्यक्तिगत रुपमा आफू सदैव तत्पर रहेको बताउनुभएको छ ।

    यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति ऋषि कुमार ढकालले बिद्यालयको भौतिक पक्षहरुको साथ साथै शैक्षिक पक्षमा समेत जोड दिँदै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको छ । साथै उहाँले आगामी दिनका सहज परिस्थितिमा वार्षिकोत्सब कार्यक्रमहरु सम्पुर्णको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न गर्ने बताउनु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १८:३८:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology