आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

आज शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

नागरिक पाटी

२५, पौष २०७७
  • 6.4K
    SHARES
  • आज शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार )आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।

    images

    राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर ९आज० शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

    कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।

    राष्ट्र बैंकको यस्तो निर्देशनले राजस्व बुझाउनेलाई केही सहज हुने अपेक्षा गरिएको सेवाग्राहीको भनाइ छ । उनीहरूले राष्ट्र बैंकको यो काम राम्रो भएको बताएका छन् ।

    यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन गरी सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कसम्बन्धी पूर्वजानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्न लिन पाउने नयाँ व्यवस्था गरेको हो ।

    त्यसैगरी विद्युतिय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजरनेम र पासवर्ड हराएको वा बिर्सिएमा आफैं प्राप्त गरी सेवा पुनः सुचारु गर्न सक्ने व्यवस्थासमेत गरेको राष्ट्र बैंकले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०९:०२:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology