आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल–इन्डोनेसिया उडान तयारी

नेपाल–इन्डोनेसिया उडान तयारी

नागरिक पाटी

२६, पौष २०७७
  • 12.0K
    SHARES
  • नेपाल–इन्डोनेसिया उडान तयारी

    काठमाडौँ । गरुडा इन्डोनेसिया एयरलाइन्सले नेपालमा सिधा उडान गर्ने भएको छ । उडानका लागि गरुडाले नेपालमा सोसाइटी इन्टरनेसनल ट्राभललाई जनरल सेल्स एजेन्ट (जीएसए) तोकेको छ ।

    images

    सोसाइटीका अध्यक्ष रविचन्द्र सिंहले आगामी जुलाईदेखि काठमाडौं–बाली–अस्ट्रेलिया उडान हुने बताए । उनका अनुसार गरुडा इन्डोनेसियाले वाइडबडी विमानबाट सातामा चार दिन उडान गर्ने तयारी गरिरहेको छ ।

    नेपाल र इन्डोनेसियाबीच हवाई सम्झौता गर्ने तयारी भइरहेको छ । इन्डोनेसियाले गत वर्ष गरेको प्रस्तावमा नेपालले अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हालसम्म नेपालले ४० वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ तर नेपालमा १४ वटा मुलुकका २८ वटा विदेशी तथा नेपालका तीनवटा वायुसेवाले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

    कोभिडका कारण अन्तर्राष्ट्रियतर्फका नियमित उडान पूर्ण रूपमा सञ्चालनमा भने आइसकेका छैनन् । हाल प्राधिकरणले नेपालीसहित २० वटा वायुसेवालाई मात्रै हिउँदे यामको उडान अनुमति दिएको छ तर यात्रु अभावका कारण वायुसेवाहरूले उडान संख्या कटौती गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०८:२३:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology