आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रशंसा साना किसान कृषि सहकारी संस्थाको आठौं साधारणसभा सम्पन्न

प्रशंसा साना किसान कृषि सहकारी संस्थाको आठौं साधारणसभा सम्पन्न

नागरिक पाटी

२९, पौष २०७७
  • 7.3K
    SHARES
  • प्रशंसा साना किसान कृषि सहकारी संस्थाको आठौं साधारणसभा सम्पन्न

    खनियावास धादिङ । प्रशंसा साना किसान कृषि सहकारी संस्था लि को आठौ साधारणसभा सभा मंगलबार खनियावास गाउँपालिका वडा नं २ कोखिममा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गेवापेसाङ तामाङको अध्यक्षता तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष तथा प्रयास नेप धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

    images

    138236298_225450309178080_5626383057324385890_n.jpg

    साधारणसभामा समाजसेवी मंग तामाङ ,पन्थ तामाङ ,राज तामाङ ,खनियावास गापा वडा नं १ र २ का वडासदस्यहरु,झार्लाङ माविका शिक्षक प्रतिनिधि लगायत सहकारी शेयर सदस्यहरुको उल्लेख सहभागीता रहेको थियो । साधारणसभाले आ।ब २०७६,७७ मा भएको आर्थिक तथा प्रगति प्रतिवेदन पारित र आगामी बर्षको निति तथा कार्यक्रम पारित गरेको छ ।

    सहकारीमा ५ सय ७७ जना शेयर सदस्य ,३९ जना बाल बचतकर्ता रहेका छन् । कुल २२ लाख ७७ हजार शेयरपुँजी रहेको सहकारीले उदेश्य अनुरुप शेयर सदस्यको कृषिको माध्यमबाट जिविकोपार्जन रुपान्तरणको लागि आफ्नो कार्यक्रम संचालन गरेको प्रबन्धक प्रकाश तामाङले बताउनु भयो । कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि दामोदर अर्याल सहकारी ग्रामीण भेगमा रहेर स्थानीय कृषि पेशा संलग्न शेयर सदस्यको आर्थिक सामाजिक विकासमा उल्लेख योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । सहकारीले अर्गानिक आलु खेती,अलैंची खेति,टिम्मुर खेती प्रबर्द्धन गर्ने शेयर सदस्यहरुको क्षमता विकासमा कार्य गरिएको पनि प्रबन्धक प्रकाश तामाङले जानकारी दिनु भयो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०८:४५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology