शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

महादेवस्थान माध्यमिक विद्यालयमा खाद्य मेला सम्पन्न

महादेवस्थान माध्यमिक विद्यालयमा खाद्य मेला सम्पन्न

शिवराज आचार्य

७, माघ २०७७
  • 8.1K
    SHARES
  • महादेवस्थान माध्यमिक विद्यालयमा खाद्य मेला सम्पन्न

    धुनिवेशी, धादिङ । धादिङको धुनिवेशी ५ कुमाइखोलामा रहेको महादेवस्थान माध्यमिक विद्यालयले खाद्य मेला सम्पन्न गरेको छ । पेशा , व्यवसाय र प्रविधि शिक्षा विषय अन्तर्गत कक्षा ६, ७ र आठ का बिद्यार्थीहरुको सैद्धान्तिक ज्ञान सग सगै व्यवहारिक सिपको विकास गर्ने उद्देश्यले गरि हेरी सिक्नको लागि बिद्यार्थीहरुकै सक्रियतामा खाद्य मेला आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनु भएको छ ।

    images
    images

    140296779_1230522977363806_6931850146796293957_n.jpg
    खाद्य मेलामा बिद्यार्थीहरुले गुन्द्रुक अचार, आलु केराउ अचार, पकौडा, मकै, भटमास, खिर , पुरी, चटपटे, पानी पुरी आफैले बनाएर स्टल लगाएर बिक्री वितरण गरेका थिए । यस मेलाको आयोजनाले बिद्यार्थीहरुमा व्यवहारिक सिपको साथै व्यवसायिक सिपको समेत विकास हुने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषि कुमार ढकालले बताउनु भएको छ।

    140383146_765110307546917_1647264722563329507_n.jpg
    बिद्यार्थीहरु रमाएर सिक्ने वातावरण तयार भएको र आफैं सलंग्न भएर काम गर्दा सिकाई दिगो हुने र सिक्नको लागि उत्सुकता पैदा हुने कुरा मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोलाका क्याम्पस प्रमुख प्रमोद पाठकले बताउनु भयो ।
    सम्पुर्ण शिक्षक तथा बिद्यार्थीहरुको सक्रियताले कार्यक्रम फलदायी रहेको र आगामी दिनहरुमा पनि यस्तै किसिमको कार्यक्रम गरि सिकाइमा उत्सुकता पैदा गर्ने कुरा विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०७:२०:३६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology