शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

धादिङको गजुरी गाउँपालिका बालमैत्री पालिका बनाउने अभियानमा

धादिङको गजुरी गाउँपालिका बालमैत्री पालिका बनाउने अभियानमा

शिवराज आचार्य

९, माघ २०७७
  • 6.2K
    SHARES
  • धादिङको गजुरी गाउँपालिका बालमैत्री पालिका बनाउने अभियानमा

    गजुरी, धादिङ । बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताएका छन् । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला आएको बताएका छन् ।

    images
    images

    139910963_399073908024525_8979693166854419579_n.jpg
    अध्यक्ष बस्नेतले गजरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतले उक्त कुरा बाल विकास सहजकर्ताहरुको लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण कार्यशाला समापनको अवसरमा बताउनु भएको हो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा सहजकर्ताहरुको ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन सहजकर्ता भगवती थापाको सहजिकरणमा नौ दिने कार्यशाला गरिएको हो ।

    139990745_440565017069514_5632625854332704262_n.jpg
    दोस्रो चरणमा गजुरी गाउँपालिकाका ४५ मध्ये २२ बिद्यालयका सहजकर्ताहरुको लागि कार्यशाला सम्पन्न गरिएको हो । यस अघि गजुरीका २३ बिद्यालयका बाल विकास कक्षाका सहजकर्ताहरुको लागि पहिलो चरणको कार्यशाला सम्पन्न भई सकेको छ । गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।

    139663994_132907058657960_4278992405800699409_n.jpg
    कार्यशालामा बाल विकास के हो रु किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार कक्षाकालाई किन छ कुनामा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ ,बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका भगवती थापाले सहजिकरण गर्नु भएको थियो ।


    पौष २९ गतेबाट शुरु भएको कार्यशालामा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना,प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे ,शिक्षा अधिकृत भिमसेन बिष्ट ,महिला बालबालिका अधिकृत सरस्वती सिलवाल,डा। रामहरि रेग्मी , पत्रकार महासंघ धादिङका सभापति नवराज छत्कुली,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,उपाध्यक्ष बिपिना मगर लगायतको उपस्थिति रहेको कपिलदेव सापकोटाले जानकारी दिनु भयो

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - ०८:२४:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology