महादेबबेशी । धादिङको थाक्रेमा सेफ हाउसको शिलान्यास गरिएको छ । थाक्रे गाउँपालिकाको कुल ५० लाखको लागतमा आरसिसि भवन निर्माण गर्ने गरि शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बताउनु भएको छ । उहाँले गाउँपालिकाको रु. ५० लाख र उपभोक्ता समितिको जन श्रमदानबाट ३ लाख गरि कुल ५३ लाखमा भवन निर्माण हुने बताउनुभयो । 
गाउँपालिकाले तिन वर्ष अघि देखी सेफ हाउस सञ्चालन गर्दै आएको छ । गाउँपालिका उपाध्यक्षको घरमा सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन गरिएको हो । गएको आर्थिक वर्षमा गाउँपालिकाले ५ आना जग्गा खरिद गरी यस आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन गरिएको रकम बाट भवन निर्माण गर्न लागिएको उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो ।

उपभोक्ता समितिबाट निर्माण हुने भवन तिन तलामा १२ कोठा हुने छ । शिलान्यास कार्यक्रममा निवर्तमान सांसद भूमि त्रिपाठी, गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।
नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस्....