आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गैरआवासीय नेपाली सङ्घको विशेष महाधिवेशन सुरु

गैरआवासीय नेपाली सङ्घको विशेष महाधिवेशन सुरु

नागरिक पाटी

१०, माघ २०७७
  • 9.1K
    SHARES
  • गैरआवासीय नेपाली सङ्घको विशेष महाधिवेशन सुरु

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि भर्चुअल विधिबाट सुरू हुँदैछ । आइतबारसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ ।

    images

    महाधिवेशनमा नवौँ महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधनको साझा प्रस्तावमाथि छलफल गरेर पारित गरिने सङ्घले जनाएको छ । महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।


    उद्घाटन कार्यक्रपछि सङ्घको विज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुङ्गिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १५:०४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology