आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

नागरिक पाटी

१२, माघ २०७७
  • 9.4K
    SHARES
  • कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

    काठमाडौं । बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई लोकगीत ‘बैनी झ्यालैमा’ बाट अवार्ड प्रदान गरिएको छ । विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा राजधानीमा समपन्न ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा लोकगीततर्फ सर्वाधिक रुचाइएको गीत ‘बैनी झ्यालैमा’बाट सार्वोत्कृष्ट मोडल बम र यसै गीतबाट इनकरेजमेन्ट अवार्ड भुसाललाई प्रदान गरिएको हो । यस्तै सो सामारोहमा दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी)बाट प्रदान गरिएको थियो ।

    images

    अवार्ड समारोहमा बरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रंग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

    कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अतिथि रहेको सो अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड संगीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ)लाई अवार्ड प्रदान गरिएको थियो । यस्तै विभिन्न विधाका तीन दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - २१:४२:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology