शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

धार्के-सितापाइला सडकलाई ५० करोडको श्रोत सुनिश्चितता

धार्के-सितापाइला सडकलाई ५० करोडको श्रोत सुनिश्चितता

शिवराज आचार्य

१५, माघ २०७७
  • 18.3K
    SHARES
  • धार्के-सितापाइला सडकलाई ५० करोडको श्रोत सुनिश्चितता

    धार्के,धादिङ । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ ।

    images
    images

    गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख को श्रोत सुनिश्चितता भएको हो । सो सडकको धादिङ तर्फ रु १५ करोड बजेट विनियोजन भई ३ कि।मि। कालोपत्रे सडक ठेक्का लगाउने अन्तिम तयारीमा पुगेको छ । सोही सडकको काठमाडौं तर्फ ठुलोखोला कोबाहिटी सितापाइला खण्ड निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम रु ३५ करोड २० लाखको थप श्रोत सुनिश्चितता भई अर्थ मन्त्रालयबाट खरिद प्रकृया अगाडी बढाउन सहमती प्राप्त भएको धादिङ क्षेत्र नं। १ का तत्कालिन सांसद भुमि त्रिपाठीले जानकारी दिनुभयो । धादिङ र काठमाडौंमा गरी जम्मा बजेट रु ५० करोड २० लाख पुगेको हो । २०४४ सालदेखि ट्रयाक खुलेको सडक हालसम्म उही अवस्थामा थियो । अव धादिङका जनताले काठमाडौंको यात्रा गर्दा सहजता पाउने निवर्तमान सांसद त्रिपाठीले बताउनुभयो ।
    धुनिबेशी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका ९लामिडाँडा०लाई समेटेर शहरी पूर्वाधार निर्माणको लागि पनि शहरी विकास मन्त्रालयले प्रकृया अगाडी बढाएको छ । मन्त्रालयले डिपिआर तयार गर्न रु २० लाख बजेट विनियोजन गरी खरिद प्रकृया समेत अगाडी बढाएको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - २०:४४:२५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology