शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुरक्षा-अपराध

खानीखोला प्रहरी कार्यालयबाट विभिन्न घटनामा ६९ जना पक्राउ परेर धादिङ पठाईए

खानीखोला प्रहरी कार्यालयबाट विभिन्न घटनामा ६९ जना पक्राउ परेर धादिङ पठाईए

आशिष ठकुरी

२५, माघ २०७७
  • 34.9K
    SHARES
  • खानीखोला प्रहरी कार्यालयबाट विभिन्न घटनामा ६९ जना पक्राउ परेर धादिङ पठाईए

    खानीखोला । ईलाका प्रहरी कार्यालय खानीखोलाबाट चालु आर्थिक वर्ष २०७७/०७८ को पौष मसान्त सम्म विभिन्न घटनामा ६९ जना पक्राउ परेर धादिङ पठाईएको छ । कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक रुपा थापाका अनुसार विभिन्न ९ शिर्षकका घटनामा ६९ जना पक्राउ परेका हुन् भने ४ जना फरार रहेका छन् । उहाँका अनुसार जुवा तास अन्तर्गत ३ वटा घटनामा ३५ जना, अभद्र व्यवहार अन्तर्गत ४ वटा घटनामा ११ जना र चोरी अन्तर्गत ४ वटा घटनामा ६ जना पक्राउ परेका छन् ।

    images
    images

    यसैगरी सवारी ज्यान अन्तर्गत ४ वटा घटनामा ४ जना, जर्वजस्ती करणी उद्योग अन्र्तगत ३ वटा घटनामा ४ जना, बहुविवाह अन्तर्गत २ वटा घटनामा ४ जना, बाल यौन दुराचार अन्तर्गत २ वटा घटनामा २ जना, जर्वजस्ती करणी अन्तर्गत २ वटा घटनामा २ जना र बालविवाह अन्तर्गत १ वटा घटनामा १ जना पक्राउ परेका हुन् ।

    यि सबै घटनामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय खानीखोलाको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार चोरी मुद्धामा १ जना, जुवातास मुद्धामा २ जना र बालविवाह मुद्धामा १ जना फरार रहेका छन् । 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ११:४१:२१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology