धार्के,धादिङ्ग । प्रेमसागर फाउण्डेसन नेपाल (जन भोजन) कार्यक्रम धादिङ्गले आज बुधबार एक कार्यक्रमका विच थाक्रे गाउँपालिका वडा नम्बरं ४ को देवालिछापमा रहेको चण्डीभुमी आधारभुत विद्यालयका १८९ जना विद्यार्थीहरुको लागि दिवा खाजा कार्यक्रम शुभारम्भ गरेको छ । उक्त दिवा खाजा कार्यक्रमको थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले शुभारम्भ गर्नु भएको हो ।
कोरोना माहामारी पश्चात विद्यालयहरु संचालनमा आए पछि धादिङ्ग र मकवानपुरका विभिन्न विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिका वडा नंम्बर ४ र ५ का दुई वटा माध्यमिक विद्यालय र मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बरं ११ र १२ को १ वटा माध्यमिक विद्यालय. र तीन वटा आधारभुत विद्यालयका करिव १ हजार ८ सय जना विद्यार्थीहरु लाई निशुल्क दिवा खाजा वितरण गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम तामाङ्गको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि थाक्रे गाउापालिका. अध्यक्ष राम कुमार आचार्य,छिमेकी विद्यालयका प्रधानध्यापकहरु टेकमान श्रेष्ठ, ओम प्रसाद सापकोटा समाजसेवी पे्रम नेगि लामा, लगायत सम्पुर्ण अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले दिवा खाजाले विद्यार्थीहरुको स्फुर्ति वढ्ने, पढाईमा सुधार हुने , विद्यालय छाड्ने सख्या घट्ने र राज्यले सम्पुर्ण विद्यार्थी भोकै वस्न नपरोस भन्ने नाराको लागी टेवा पुग्ने बताएका छन् । उहाँले पे्रम सागर फाउण्डेसन नेपाललाई वार्षिक रु. दुई लाख रुपैया दिदै आएकोमा सो को निरन्तरताको प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रममा प्रेमसागर फाउण्डेसनका व्यवस्थापक भोला राउतले दिवा खाजाको महत्व र खाजा मार्फत कलिला भाई वहिनीहरुलाई सेवागर्ने अवसर मिलेकोमा खुसि व्यक्त गर्नु भयो । सोहि क्रममा महाकाली माध्यमिक विद्यालयका प्रधानध्यापक टेकमान श्रेष्ठले प्रेमसागर फाउण्डेसनको खाजाको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संचालन चण्डीभुमी आधारभुत विद्यालयका प्रधानध्यापक काजिमान तामाङ्गले गर्नु भएको थियो । पे्रमसागर फाउण्डेसन नेपालले दैनिक दिवा खाजा १९८९ जना विद्यार्थीहरुका लागी निशुल्क वितरण गरिरहने छ ।