शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

कुलमान घिसिङलाई धादिङको तसर्पुमा भव्य स्वागत (फोटो फिचर)

कुलमान घिसिङलाई धादिङको तसर्पुमा भव्य स्वागत (फोटो फिचर)

शिवराज आचार्य

२, फाल्गुण २०७७
  • 16.8K
    SHARES
  • कुलमान घिसिङलाई धादिङको तसर्पुमा भव्य स्वागत (फोटो फिचर)

    थाक्रे । नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई धादिङको थाक्रे गाउँपालिकाको तसर्पुमा सम्मान गरिएको छ । मन्जुश्री संवत २८५७ लाङ म्हे सोनाम ल्होछारको अबसरमा आयोजना गरिएको बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०७७ को प्रमुख अतिथिका रुपमा आउनु भएका पुर्व कार्यकारी निर्देशक घिसिङलाई स्थानिय तामाङ समुदायका नागरिकहरुले रेड कार्पेट ओछ्याएर फुलका माला, गुच्छा दोसल्ला ओढाएर विभिन्न विद्यालयका स्काउट विद्यार्थीहरुले परेड र झन्डोलोत्तन गरेर स्वागत र सम्मान गरेका हुन् ।

    images
    images

    149696414_328750948543141_6159414675277326639_n.jpg
    थाक्रे गाउँपालिका वडा नम्बर ४,५,७ र साङ्गे छ्योइलिङ गुम्बाको आयोजनामा भएको सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुति राखेका थिए । सोनाम ल्होछारको अबसरमा थाक्रे गाउँपालिकाले आईतबार सार्वजनिक विदा समेत दिएको थियो ।

    149264767_2953560881543631_8329408579872309530_n.jpg

    कार्यक्रममा लागेको व्यवस्थापन खचका लागि गाउँपालिकाले ४ लाख रुपैँया व्यहोन गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बताउनु भएको छ ।

    150590711_176593977558331_3709624182904688987_n.jpg
    थाक्रे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भूमि बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतित्यता, थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको विशेष आतित्यता रहेको थियो ।
    कार्यक्रममा थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती, बुद्ध दर्शन प्रबचन प्रमुख गुरु पाल्देन योञ्जन तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष गणेशमान वाईबा, ७ का वडा अध्यक्ष रामकुमार बस्नेत, विभिन्न समाज सेवी व्यक्तिहरु, राष्ट्रिय तथा स्थानिय कलाकार लगायत स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।

    हेर्नुहोस् तस्बिर  भव्य स्वागत 

    3.jpg

    6.jpg

    5.jpg

    8.jpg

    9.jpg

     

    10.jpg

    11.jpg

    4.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - २१:०९:२१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology